श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू,
मिति :
जिल्ला
प्रशासन कार्यालय, पर्सा ।
विषय : संस्था
दर्ता गरिपाउँ वारे ।
प्रस्तुत
विषयमा जिल्ला पर्सा, ठेगाना वडा नं-८, रामनगरीमा कार्यालय रहनेगरी निम्न उद्देश्य
भएको “मन्दिर/मठको नाम” नामक संस्था दर्ता प्रयोजनार्थ तपशिल बमोजिमका
कागजातहरु संलग्न राखी यो निवेदन पेश गरेको छु ।
संस्थाको
उद्देश्य्
१.
यो संस्था
मूनाफारहित जनहितकारी, स्वायत्त र समाजसेवा प्रति समर्पित सामाजिक संस्था हुनुका
सथैहिन्दु धर्मावलम्बीहरुको धर्म, संस्कृति, मठ मन्दिरको संरक्षण र सम्वर्धन
गर्नुको साथै धार्मीक पर्यटन प्रवर्धन गर्नु हो ।
२.
संस्थाको सहायक
उद्देश्यहरु
क.
मन्दिर/मठ नाम को
सरसफाई, व्यवस्थापन तथा मठ/मन्दिरको चल अचल सम्पतीको संरक्षण तथा व्यवस्थापन गर्नु
।
ख.
हिन्दु धर्मको
परम्परा अनुसार नियमित पुजा पाठ,अमावस्या पुजा, नवरात्री पुजा, पूजेरु, प्रसाद,
पुजा सामाग्री, यात्री तथा धार्मिक पर्यटकहरुको भोजन तथा वासको व्यवस्था मिलाउनु ।
ग.
यस धार्मिक
स्थलमासहकार्य गरेर मन्दिरको प्राङ्गनमा वा बाहिर साँस्कृतिक कार्यक्रम, झुलन,
किर्तन, प्रबचन, अष्टजाम, मेला, यज्ञ, हनुमान अराधना लगायतका साँस्कृतिक तथा
धार्मिक कार्यहरुको आयोजना गराउने।
घ.
मठ मन्दिरको
सार्वजनिक जग्गामा, तथा अन्य सार्वजनिक जग्गा तथा बाटोवरीपरी बृक्षारोपन कार्यक्रम
गरी वतावरणको संरक्षणको साथै सार्वजनिक सम्पतिको संरक्षण गर्नु ।
ङ.
हाम्रो समुदायमा
परम्परा देखी नै चलिआएको कुस्ती प्रतियोगितालाई संरक्षण गर्न मन्दिर परिषदमा
अखाडाको निर्माण गरी कुस्ती खेलाडी प्रोत्साहन गर्नुका साथै युवाहरुमा कुस्ती खेल
प्रति अभिरुचि बृद्धि गर्न नियमित कुस्ती गराउनुका साथै कुस्ती प्रतियोगिता आयोजना
गर्ने ।
च.
कुनै प्रकारको
सिण्डिकेट र कार्टेलिङ्ग गरिने छैन ।
संलग्न
कागजातहरु
१. संस्थाको
विधान – ४ (चार) प्रति,
२. संस्था
दर्ता गर्ने भनी भएको भेलाका निर्णयहरुको प्रतिलिपि,
३. तदर्थ
समितिका पदाधिकारीहरुको प्रमाणित नेपाली नागरिकताको प्रतिलिपि थान -९
४. स्थानीय
तहको सिफारिस,
५. संस्थाका
सदस्यहरुको सदस्यता शुल्क बैंकमा दाखिला गरेको बैंक भौचर
मन्दिर
मठको नाम नेपालीमा मन्दिर
मठको नाम अंग्रेजीमा (ठेगाना) विधान २०७६
मन्दिर/मठको नाम
को
विधान
प्रस्तावना
पर्सा
जिल्ला ठेगाना उतरटोलमा रहेको प्राचिन रामजानकी श्री शितलामाई मन्दिर तथा मठको
सरसफाई, शुद्ध तथा स्वच्छ वतावरण, परापूर्व देखी प्रचलनमा रहेको झूलन,
प्रवचन,आठजाम, किर्तन जस्ता धार्मिक साँस्कृतक कार्यक्रम यज्ञ, मेला जस्ता उत्साह,
समारोह, खेलकुद, कुस्ति प्रतियोगिताको लागि अखाडाको व्यवस्थापन गर्नुको साथै
मन्दिर/मठमा रहेको चल अचल सम्पत्ती, जग्गा जमिन, बोटविरुवा, फलफुलहरुको रेखदेख,
संरक्षण, संवर्धन गर्नु/गराउनुका साथै हिन्दुहरुको धार्मिक परम्परा अनुसार नियमित
पुजाआजा, पुजा सामाग्री समेतको व्यवस्थापन मिलाउनको लागि हामी वुद्धीजिवी,
समाजसेवी, शिक्षक, युवावर्ग, जनप्रतिनिधि लगायत सर्वसाधारण एकजुट भई कार्य गर्न
बाच्छनीय देखिएकोले संस्था दर्ता ऐन २०३४ बमोजिम "मन्दिर/मठको नाम"नामक
संस्था स्थापना गरी सञ्चालन गर्न यो विधान तजुर्मा गरिएको छ ।
परिच्छेद-१
प्रारम्भिक
१. संस्थाको
नाम :
यस
संस्थाको नाम नेपाली भाषामा "मन्दिर/मठको नाम" रहनेछ ।
अंग्रेजीमा यसको नाम "Shree Ramjanki Shree
ShitalamaiMandirByasthapanSamrakshanSamiti"
रहनेछ।
क. संस्थाको
कार्यालय रहने ठेगाना :
यस संस्थाको कार्यालय
पर्सा जिल्लाको ठेगाना, वडा नं ०८, रामनगरीमा रहनेछ ।
ख. संस्थाको
कार्यक्षेत्र :
यस संस्थाको
कार्यक्षेत्र पर्सा जिल्ला भरी रहनेछ । सम्बन्धित स्थानीय अधिकारीको स्वीकृति लिई नेपाल
राज्यको अन्य जिल्लामा पनि कार्यक्षेत्र विस्तार गर्न सकिनेछ ।
ग. प्रारम्भ
:
यो विधान संस्था
दर्ता गरेको मितिदेखी प्रारम्भ हुनेछ ।
घ. संस्थाको
अस्तित्व :
यो संस्था एक
अविच्छिन्न उत्तराधिकारवाला, संगठित, स्वशासित, गैर-नाफामूलक, गैर राजनीतिक तथा
गैर-सरकारी सामाजिक संस्था हुनेछ । संस्थाबाट आफ्नो उद्देश्य बाहेक आय आर्जन गर्ने
तथा कुनै प्रकारको शुल्क लिई वा नलिई परामर्श प्रदान गर्ने कार्य गरिने छैन ।
२. परिभाषा
:
विषय
र प्रसंगले अर्को अर्थ नलागेमा ।
क. "संस्था,
समिति वा समाज" भन्नाले "मन्दिर/मठको नाम" लाई सम्झनु पर्दछ ।
ख. "विधान"
भन्नाले यस "मन्दिर/मठको नाम" को विधानलाई सम्झनु पर्दछ ।
ग. "नियम/विनियम"
भन्नाले यस विधान बमोजिम बनाईने " नियम/विनियम " लाई जनाउँछ ।
घ. "कार्यसमिति"
भन्नाले यस विधानको दफा १३ बमोजिम गठित कार्यसमितिलाई जनाउँदछ ।
ङ. "पदाधिकारी"
भन्नाले संस्थाका पदाधिकारीहरुलाई सम्झनुपर्दछ ।
च. पुजेरु
भन्नाले नियमित रुपमा पुजा आजा गर्ने श्री रामजानकी श्री शितलामाई मन्दिरको
पुजेरुलाई सम्झ्नु पर्छ ।
छ. "सभा"
भन्नाले यस विधान बमोजिम बसेको साधारण सभा र विषेश सभालाई समेत जनाउँदछ ।
ज. "सदस्य"
भन्नाले यस विधान बमोजिम बनेका सदस्यता प्राप्त ब्यक्तिलाई जनाउँदछ ।
झ. "सल्लाहकार"
भन्नाले यस विधान बमोजिम गठित कार्यसमिति वा सिंगो सदस्यहरुलाई उल्लेखित
उद्देश्यहरु पूरा गर्न आवश्यक सर-सल्लाह र सहयोग गर्ने कार्यसमितिले निर्णय गरी
तोकेको ब्यक्तिलाई जनाउँदछ ।
ञ. "स्थानीय
अधिकारी" भन्नाले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई जनाउँदछ ।
ट. "स्थानीय
तह" भन्नाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका,महानगरपालिका र जिल्ला
समन्वय समितिलाई जनाउने छ ।
ठ. "विषयगत
निकाय" भन्नाले सम्बन्धित सरकारी, सार्वजनिक वा अन्य केन्द्रस्तर,
प्रदेशस्तर, जिल्लास्तर, स्थानीयस्तर समेतका कार्यालय वा संस्थालाई जनाउने छ ।
३. संस्थाको
छाप र चिन्ह :
प्रचलित
ब्यवस्थाको प्रतिकुल नहुनेगरी यस संस्थाको एउटा छुट्टै छाप र चिन्ह हुनेछ ।
संस्थाको छापको नमूना यस प्रकारको हुनेछ ।
संस्थाको
छाप
परिच्छेद-२
उद्देश्य
४. संस्थाको
मुख्य उद्देश्य :
३.
यो संस्था मूनाफारहित
जनहितकारी, स्वायत्त र समाजसेवा प्रति समर्पित सामाजिक संस्था हुनुका सथैहिन्दु
धर्मावलम्बीहरुको धर्म, संस्कृति, मठ मन्दिरको संरक्षण र सम्वर्धन गर्नुको साथै
धार्मीक पर्यटन प्रवर्धन गर्नु हो ।
४.
संस्थाको सहायक उद्देश्यहरु
छ.
रामजानकी श्री
शिलतामाई मठको सरसफाई, व्यवस्थापन तथा मठ/मन्दिरको चल अचल सम्पतीको संरक्षण तथा
व्यवस्थापन गर्नु ।
ज.
हिन्दु धर्मको
परम्परा अनुसार नियमित पुजा पाठ,अमावस्या पुजा, नवरात्री पुजा, पूजेरु, प्रसाद,
पुजा सामाग्री, यात्री तथा धार्मिक पर्यटकहरुको भोजन तथा वासको व्यवस्था मिलाउनु ।
झ.
यस धार्मिक स्थलमासहकार्य
गरेर मन्दिरको प्राङ्गनमा वा बाहिर साँस्कृतिक कार्यक्रम, झुलन, किर्तन, प्रबचन,
अष्टजाम, मेला, यज्ञ, हनुमान अराधना लगायतका साँस्कृतिक तथा धार्मिक कार्यहरुको
आयोजना गराउने।
ञ.
मठ मन्दिरको
सार्वजनिक जग्गामा, तथा अन्य सार्वजनिक जग्गा तथा बाटोवरीपरी बृक्षारोपन कार्यक्रम
गरी वतावरणको संरक्षणको साथै सार्वजनिक सम्पतिको संरक्षण गर्नु ।
ट.
हाम्रो समुदायमा
परम्परा देखी नै चलिआएको कुस्ती प्रतियोगितालाई संरक्षण गर्न मन्दिर परिषदमा
अखाडाको निर्माण गरी कुस्ती खेलाडी प्रोत्साहन गर्नुका साथै युवाहरुमा कुस्ती खेल
प्रति अभिरुचि बृद्धि गर्न नियमित कुस्ती गराउनुका साथै कुस्ती प्रतियोगिता आयोजना
गर्ने ।
ठ.
कुनै प्रकारको
सिण्डिकेट र कार्टेलिङ्ग गरिने छैन ।
५. संस्थाको
उद्देश्य प्राप्त गर्न गरिने कामहरु :
यस
संस्थाले उपरोक्त उद्देश्यहरु प्राप्त गर्न निम्न बमोजिम कामहरु गर्नेछ ।
क.
संस्थाले सम्बन्धित
निकायसँग समन्वय, अनुमति वा इजाजत प्राप्त गरी उपरोक्त उद्देश्यहरु कार्यान्वयन
गरिनेछ ।
ख.
संस्थालाई आवश्यक
पर्ने भवन निर्माण गर्ने, भाडामा लिने वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन,
टाईपराईटर, फ्याक्स र फोटोकपी मेसिन जस्ता कार्यालय सामानहरु तथा सवारी साधन गरिद
गर्नेछ वा भाडामा लिई प्रयोग गरिनेछ ।
ग.
संस्थालाई आवश्यक
पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवा शर्तहरु निर्धारण गर्नेछ ।
घ.
मठमा नियमित
पुजाआजा गर्ने पुजारीको सेवा सुविधा तथा पारिश्रमिक परम्परा देखी चलिआएको तथा कार्यसमितिले निर्णय गरे बमोजिम हुने ।
ङ.
संस्थाको नाममा
प्राप्त रकम नेपाल राष्ट्रवाट मान्यता प्राप्त कुनै पनि स्थानीय बैंकमा खाता खोलि
जम्मा गरी बैकिंङ्ग कारोबारवाट मात्र खर्च गरिनेछ ।
च.
संस्थाको उद्देश्य
प्राप्त गर्न अन्य आवश्यक कुराहरु विधानको अधिनमा रही कार्यसमितिको सदस्यहरुबीच
छलफलद्वारा निर्णय गरिनेछ ।
परिच्छेद-३
सदस्यता
६. सदस्यताको
वर्गीकरण:
क.
साधारण सदस्य :
यस विधानको दफा ७
बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले तोकिएको प्रकृया अन्तर्गत रही
आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने ब्यक्तिहरु साधारण सदस्य हुनेछन ।
ख.
आजीवन सदस्य :
संस्थाको विकासको
लागि विशेष सहयोग, योगदान पुर्याउने ब्यक्तिलाई तोकिएको प्रकृया अन्तर्गत आजीवन
सदस्यता प्रदान गरिनेछ ।
ग.
मानार्थ सदस्य :
साधारणसभाले
उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको
मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।
७. सदस्यता
प्रप्तिको लागि आवश्यक योग्यता :
क.
नेपाली नागरिक भएको
।
ख.
१८ वर्ष उमेर पूरा
भएको ।
ग.
मानसिक सन्तुलन
नगुमाएको ।
घ.
नैतिक पतन देखिने
फौजदारी र भ्रष्टाचारको अभियोग सजाय नपाएको ।
ङ.
उच्च नैतिक चरित्र
र सदाचारयुक्त भएको ।
च.
कुनै पनि किर्ते
काम नगरेको, सार्वजनिक सम्पत्ति हिनामिना गरेको नठहरेको ।
छ.
प्रचलित कानूनले
योग्य ठानेको ।
८. संस्थाको
सदस्यता प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था :
देहायको अवस्थामा कुनै ब्यक्तिले संस्थाको सदस्यता
प्राप्त गर्न वा वहाल रहन सक्ने छैन ।
क.
गैर नेपाली नागरिक
।
ख.
१८ वर्ष उमेर पूरा
नगरेको ।
ग.
मगज बिग्रेको वा
बौलाएको ।
घ.
सार्वजनिक सम्पत्ति
हिनामिना गरेको ठहरेको ।
ङ.
सम्बन्धित संस्थाको
ब्यवसायमा नीजि स्वार्थ भएको ।
च.
साहुको दामासाहीमा
परेको ।
छ.
कुनै प्रकारको
चोरी, ठगी, किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनाधिकृत तवरले
मासेको वा दुरुपयोग गरेको ।
९. सदस्यताको
समाप्ति :
१.
देहायको अवस्थामा
कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन :
क.
यस विधानको दफा ८
बमोजिम सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।
ख.
साधारण सभावाट २/३
(दुई तिहाई) सदस्यहरुको बहुमतले संस्थाको सदस्य पदवाट हटाउने प्रस्ताव पारित गरेमा
।
ग.
सदस्यले आफ्नो
पदबाट दिएको राजीनामा स्वीकृत भएमा ।
घ.
संस्थाको काम
कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।
ङ.
यस विधान बमोजिम
संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।
च.
सदस्यता शुल्क
बुझाउन बाँकी भएमा ।
छ.
संस्थाको गोपनियता
भङ्ग गरेमा ।
२.
कुनै व्यक्तिलाई
संस्थाको सदस्यमा नियुक्ति हुन वा वहाल रहन अयोग्य ठहराउनु भन्दा अघि संस्थाले
निजलाई सो कुराको सूचना दिई सफाईको सबूद पेश गर्ने मौका दिइनेछ ।
१०. सदस्यता
शुल्क र सदस्यता प्रदान गर्ने विधि:
यस
विधानको दफा ६ बमोजिमको सदस्यहरुले देहाय बमोजिमको तोकिएको शुल्क तिरी सदस्यता
प्राप्त गर्न सक्नेछन् ।
१.
साधारण सदस्य :
क.
साधारण सदस्यता
प्राप्त गर्न चाहने ब्यक्तिले प्रवेश शुल्क वापत रु. १५१।– (एक सय एकाउन्न) बुझाई
तोकिएको प्रकृया अनुसार आवेदन पेश गर्नेलाई कार्यसमितिको निर्णयले साधारण सदस्यता
प्रदान गर्न सकिनेछ ।
ख.
त्यस्ता साधारण
सदस्यले वार्षिक नवीकरण शुल्क रु. ५१।– (एकाउन्न)
बुझाउनुपर्नेछ ।
ग.
साधारण सदस्यता
प्राप्त गर्ने व्यक्तिले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण
गराइसक्नुपर्नेछ र त्यसपछीको हकमा तोकिए बमोजिमको थप दस्तुर बुझई नवीकरण गर्न
सक्नेछ ।
२.
आजीवन सदस्य :
संस्थामा एकमुष्ठ
शुल्क रु.१,०००।– (एक हजार)बुझाई तोकिएको प्रकृया अन्तर्गत आवेदन दिने नेपाली नागरिकलाई
कार्यसमितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
३.
मानार्थ सदस्य :
साधारण सभाको
निर्णयले उपयुक्त ठनेको समाजसेवी, विशिष्ठ ब्यक्ति तथा प्रतिष्ठित नेपाली
नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सक्नेछ, तर मानार्थ सदस्यहरुको
मताधिकार रहने छैन ।
४.
कुनै आवेदकलाई
सदस्यता नदिने निर्णय गरेमा सो को कारण सहितको जानकरी आवेदकलाई दिईनेछ ।
५.
सबै सदस्यहरुले यस
विधान र विधान अन्तर्गत बनेको नियम र विनियममा भएको व्यवस्थाको पालना गर्नुपर्नेछ
।
६.
संस्थाले प्रदान
गरेको उपदफा १, २ र ३ अनुसारको सदस्यहरुको तोकिएको ढाँचामा छुट्टै अभिलेख पुस्तिका
रहनेछ ।
परिच्छेद- ४
साधारण सभा, कार्यसमिति
तथा बैठक सम्बन्धी व्यवस्था
११. साधारण
सभाको गठन :
१.
यस संस्थाको
विधानको दफा ७ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्यहरु बाहेक अन्य
सदस्यहरुबाट संस्थाको साधारण सभा गठन हुनेछ । मानार्थ सदस्यहरु आमन्त्रित हुनेछन ।
साधारण सभा संस्थाको सर्वोच्च अङ्ग हुनेछ ।
२.
यस संस्थाको साधारण
सभा देहाय बमोजिम हुनेछ :
क.
वार्षिक साधारण सभा
: वर्षको एक पटक वार्षिक साधारण सभा बस्नेछ ।
ख.
विशेष साधारण सभा :
संस्थाको कूल सदस्य संख्याको १/४ (एक चौथाई) सदस्यहरुले कारण जनाई विशेष साधारण
सभा माग गरेमा कार्य समितिले कम्तिमा ७ (सात) दिन भित्र अनिवार्य रुपमा विशेष
साधारण सभा बोलाउनु पर्दछ । तर साधारण सभा वा विशेष सभा बसेको ६ महिना भित्र पुन:
विशेष साधारण सभा बस्न सक्ने छैन ।
३.
यस संस्थाको प्रथम
वार्षिक साधारण सभा संस्था स्थापना भएको मितिले ६ (छ) महिना भित्र गरिनेछ र त्यस
पछिको वार्षिक साधारण सभाहरु प्रत्येक आ.व. समाप्त भएको मितिले २ (दुई) महिना
भित्र गरिनेछ ।
४.
यस संस्थाको
वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा १५ (पन्ध्र) दिन अगावै र विशेष साधारण सभा
गर्नको लागि कम्तीमा ७ (सात) दिन अगावै सभा हुने स्थान, मिति, समय र छलफल गर्ने
विषय खोली सभा बारेमा सवै साधारण सदस्यलाई सूचना दिईनेछ ।
५.
उप-दफा (४) बमोजिम
बोलाईएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा १८ बमोजिम गणपूरक संख्या
नपुगी साधारण सभा हुन नसकेमा कम्तीमा ७ (सात) दिनको म्याद दिई पुन: साधारण सभा
बोलाईने छ ।
६.
साधारण सभा र विशेष
साधारण सभाको छुट्टाछुट्टै निर्णय पुस्तिका राखिनेछ ।
१२. साधारण
सभाको काम, कर्तव्य र अधिकार :
साधारण सभाको काम, कर्तव्य र अधिकार
देहाय बमोजिम हुनेछ ।
क. कार्य
समितिले पेश गरेको योजना कार्यक्रमहरु र वार्षिक बजेट पारित गर्ने ।
ख. लेखापरीक्षकवाट
प्राप्त भएको वार्षिक लेखा परीक्षण-प्रतिवेदन माथि छलफल गरी अनुमोदन गर्ने र लेखा
परीक्षण प्रतिवेदनवाट देखिएका अनियमित बेरुजु रकमहरु माथि छलफल गरी नियमित गर्न
नमिल्ने बेरुजु रकमहरु अशुल उपर गरी फछर्यौट गर्नको लागि कार्य समितिलाई निर्देशन
दिने ।
ग. आगामी
बर्षको लागि लेखा परीक्षक नियुक्त गर्ने ।
घ. संस्थाको
कार्यसमितिका पदाधिकारीहरुको पदावधि पुगेको अवस्थामा कार्यसमितिका पदाधिकारीहरुको
विधान बमोजिम प्रकृया अन्तर्गत रही निर्वाचन गर्ने ।
ङ. संस्थाको
वार्षिक कार्य प्रगति विवरण र संस्थाले गरेका कार्यहरुको मूल्याङ्कन गरी
कार्यसमितिलाई आवश्यक निर्देशन दिने ।
च. कार्यसमितिद्वारा
पेश भएका विधान संशोधन, नियम विनियम स्वीकृत गर्ने ।
छ. मानार्थ
सदस्य प्रदान गर्ने ।
ज. संस्थाको
आफ्नै आन्तरिक स्रोतबाट व्यहोर्ने गरी कार्यसमितिले पेश गरेको कर्मचारीहरुको
दरबन्दी, पारिश्रमिक भत्ता तथा अन्य सुविधाहरुमा आवश्यकता अनुरुप स्वीकृत प्रदान
गर्ने
१३. कार्यसमितिको
गठन :
१. साधारण
सभाको सदस्यहरुवाट निर्वाचित देहाय बमोजिमको पदाधिकारीहरु रहने गरी ११ (एघार)
सदस्यीय एक कार्यसमिति गठन गरिनेछ ।
अध्यक्ष १ जना
उपाध्यक्ष १
जना
कोषाध्यक्ष १ जना
सचिव १
जना
सह सचिव १ जना
सदस्य ६जना
जम्मा ११ जना (एघार जना)
२. कार्यसमितिको
कार्यकाल २ (दुई) वर्षको हुनेछ ।
३. वार्षिक
साधारण सभा हुनुभन्दा अगावै कार्यसमितिमा रहेको कुनै सदस्यको पद रिक्त हुन आएमा
बाँकी अवधिकालागि कार्यसमितिका सदस्यको नियुक्ति साधारण सभाद्वारा गर्न सकिने छ ।
४. कार्यसमितिको
बैठक आवश्यकता अनुसार अध्यक्षले बोलाउने छ । तर कार्यसमितिको पदाधिकारीहरुको जम्मा
संख्याको ५१% पदाधिकारीहरु उपस्थित नभई कार्यसमितिको बैठक बस्ने छैन ।
५. कार्यसमितिको
बैठकमा अध्यक्षले अध्यक्षता गर्नेछ र अध्यक्षको अनुपस्तितमा उपाध्यक्षले र निजको
पनि अनुपस्थि रहेमा बैठकमा उपस्थित सदस्यहरुले छानेको वा ज्येष्ठ सदस्यले
अध्यक्षता गर्नेछ ।
६. कार्यसिमितिको
बैठक सकभर सर्वसम्मत हुनेछ, सर्वसम्मत हुन नसकेमा बहुमतको निर्णय मान्य हुनेछ र सो
निर्णय नै संस्थाको निर्णय हुनेछ तथा मत बरावर भएमा अध्यक्षले निर्णायक मत दिन
सक्नेछ ।
७. कार्यसमितिको
बैठकमा छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णय विवरण (माईन्युट) किताबमा लेखी
राखिनेछ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुले सही गर्नुपर्नेछ
। तर निर्णयमा असहमति जनाउनेहरुले कैफियत खोली सही गर्नुपर्नेछ ।
८. संस्थाले
गर्ने भनेको सम्पूर्ण कार्य कार्यसमितिकै निर्णयबाट हुनेछ ।
९. माथिका
दफाहरुमा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यसमितिले गर्न पाउने कुनै कामको
सम्बन्धमा कार्यसमितिको सबै पदाधिकारीहरु लिखित रुपमा सहमत भएमा त्यस्तो सहमतिलाई
निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठकबिना पनि गर्न सकिनेछ । उपरोक्त
बमोजिम सहमतिलाई कार्यसमितिको बैठकको निर्णय मानिनेछ ।
१०. कार्यसमितिको
बैठक सामान्यता २ (दुई) महिनामा एक पटक बस्नेछ ।
१४. कार्यसमितिको
काम, कर्तव्य र अधिकार :
कार्यसमितिको
काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ,
१. संस्थाको
आगामी वर्षको वार्षिक कार्यक्रम तथा अनुमानित बजेट बनाई साधारण सभामा प्रस्तुत
गर्ने ।
२. विधान
बमोजिमको व्यवस्था पालना गरी साधारण सभाको निर्णय कार्यान्वयन गर्ने गराउने ।
३. संस्थाको
हितमा कार्यक्रमहरु संचालन गर्ने ।
४. साधारण
सभाप्रति उत्तरदायी रहने ।
५. संस्थाको
उद्देश्य प्राप्तिको लागि उपलब्ध साधन र स्रोतको अधिकत्तम उपयोग र प्रयोग गर्ने ।
६. संस्थाको
कार्य सम्पादन गर्न कार्य योजना बनाउने, स्रोत जुटाउने, कार्यान्वयन, सुपरिवेक्षण
र अनुगमन गर्ने ।
७. संस्थाको
कोष र सम्पत्ती सुरक्षित तरिकाले राख्न लगाउने र बैंक खाता खोली संचालन गर्ने ।
८. संस्थाको
कर्मचारीहरुको सेवा, शर्त र सुविधा आदी सम्बन्धित कर्मचारी नियमावली बनाई साधारण
सभावाट स्वीकृत गराई लागू गर्ने गराउने ।
९. संस्थाको
उद्देश्य प्राप्तिको लागि आफ्नो कार्य अवधिमा उपयुक्त वयक्तिहरुको सल्लाहकार
समितिका साथै अन्य समिति, उपसमिति गठन गर्ने र आवश्यकता अनुसार कार्य बाडफाड गर्ने
।
१०. संस्थाको
विधान अनुसार निर्वाचन सम्पन्न गर्न योग्य निर्वाचन अधिकृतको नियुक्त गर्ने ।
११. संस्थालाई
वार्षिक रुपमा सम्बन्धित निकायमा नविकरण गराउने ।
१२. संस्थाको
नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
१५. पद
त्याग गर्न सक्ने :
अध्यक्षले
उपाध्यक्ष मार्फत कार्यसमिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकरीहरुले अध्यक्ष
समक्ष राजिनामा दिई पद त्याग गर्न सक्नेछन् । यसरी दिएको राजिनामा कार्य समितिको
निर्णयवाट स्वीकृत गरिनेछ ।
१६. अन्य
समितिहरु :
१. यस
विधानको परिधि भित्र रहेर संस्थाको कार्य संचालनको लागि कार्य समितिले आवश्यकता
अनुसार अन्य समिति वा उपसमिति गठन गर्न सक्नेछ । तर साधारण सभाको बैठकद्वारा
अनुमोदन गराउनुपर्नेछ ।
२. उपसमितिको
कार्यहरु कार्य समितिले तोकिदिए बमोजिम हुनेछ ।
परिच्छेद-५
पदाधिकारीहरुको
काम, कर्तव्य र अधिकार
१७. पदाधिकरीहरुको
काम, कर्तव्य र अधिकार :
कार्यसमितिका
पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
१.
अध्यक्षको काम,
कर्तव्य र अधिकार :
क.
समिति र सभाको
बैठकको अध्यक्षता गर्ने, बैठक संचालन गर्ने ।
ख.
निर्णायक मत दिने ।
ग.
अभिलेख प्रमाणित
गर्ने ।
घ.
आवश्यकता अनुसार
बैठकहरु बोलाउन सचिवलाई निर्देशन दिने ।
ङ.
संस्थाको तर्फबाट
प्रतिनिधित्व गर्ने वा प्रतिनिधि तोक्ने ।
च.
संस्थाको सम्पूर्ण
सम्पत्तिको संरक्षण, रेखदेख तथा नियन्त्रण गर्ने ।
छ.
साधारण सभाद्वारा
गरिएको निर्णयहरु कार्यान्वयन गर्ने/गराउने ।
ज.
अन्य पदाधिकारी एवं
सदस्यहरुलाई कामको बाँडफाँड गर्ने ।
झ.
संस्था सम्बन्धी
काम कारवाहीको प्रतिवेदन सम्बन्धित निकायमा पेश गर्ने ।
ञ.
संस्थाको प्रमुख भई
जिम्मेवारी लिने ।
२.
उपाध्यक्षको काम,
कर्तव्य र अधिकार :
क.
अध्यक्षको काममा
सहयोग पुर्याउने ।
ख.
अध्यक्षको
अनुपस्थितिमा निजले गर्नुपर्ने सम्पूर्ण कामहरु गर्ने ।
ग.
अध्यक्षले तोकेको
अन्य कामहरु गर्ने/गराउने ।
३.
सचिवको काम,
कर्तव्य र अधिकार :
क.
संस्थाको सचिवालयको
रेखदेख र नियन्त्रण गर्ने ।
ख.
साधारण सभाको
अधिवेशन र समितिको बैठकको सूची तयार गर्ने/गराउने ।
ग.
साधारण सभाको
अधिवेशन सभा र बैठक बोलाउने ।
घ.
बैठकको निर्णयहरुको
अभिलेखीकरण गरी सुरक्षित साथ फाईलिङ्ग गर्ने ।
ङ.
कार्यक्रम
कार्यान्वयनमा अध्यक्षलाई सहयोग गर्ने ।
च.
अध्यक्षले तोकेको
अन्य काम गर्ने/गराउने ।
४.
सह-सचिवको काम,
कर्तव्य र अधिकार :
क.
सचिवको काममा सहयोग
गर्ने ।
ख.
सचिवको
अनुपस्थितिमा सचिवले गर्नुपर्ने सम्पूर्ण कमहरु गर्ने ।
५.
कोषाध्यक्षको काम,
कर्तव्य र अधिकार :
क.
संस्थाको कोषको
रेखदेख र संचालन गर्ने ।
ख.
कार्यसमितिले
निर्धारण गरे बमोजिम संस्थाको हिसाब किताब राख्ने ।
ग.
साधारण सभामा
वार्षिक कार्यक्रम र बजेट पेश गर्ने ।
घ.
आर्थिक प्रशासन
सम्बन्धी सम्पूर्ण विषयको जिम्मेवारी लिने ।
ङ.
लेखा दुरुस्त
राख्ने ।
च.
नियमित रुपमा
वार्षिक लेखा परिक्षण गराउने ।
६.
कार्यसमितिका
सदस्यहरुको काम, कर्तव्य र अधिकार :
क.
कार्यसमितिको
बैठकमा सक्रिय सहभागिता जनाउने ।
ख.
संस्थाको कार्यमा
रचनात्मक भूमिका निर्वाह गर्ने ।
१८. गणपुरक
संख्या :
१.
साधारण सभाको पहिले
बोलाईएको बैठकमा गणपुरक संख्या कुल सदस्य संख्याको २/३ (दुई तिहाई) साधारण
सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन ।
२.
तर विधानको दफा ११
को उपदफा (५) मा उल्लेख भए बमोजिम पुन: बोलाईएको साधारण सभामा कूल सदस्य संख्याको
५१ % उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन ।
परिच्छेद-६
आर्थिक व्यवस्था
१९. संस्थाको
कोष :
१.
संस्थाको आफ्नो
छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिमको प्राप्त रकमहरु जम्मा हुनेछन् ।
क.
सदस्यता शुल्क,
प्रवेश शुल्क वा सदस्यताको रकम ।
ख.
कसैले स्वेच्छाले
दिएको अनुदान वा सहयोग वापत प्राप्त रकम ।
ग.
विदेशी संस्था,
व्यक्ति वा अन्तराष्ट्रिय संघ संस्थावाट सहयोग वापत प्राप्त रकम ।
घ.
स्थानीय तहबाट
प्राप्त अनुदान वा सहयोग वापतको प्राप्त रकम ।
ङ.
गाउँ घरमा
परम्परादेखी नै चलिआएको पुजा आजाको लागि संकलित चन्दा, दान ।
२.
विदेशी संघ संस्था
वा व्यक्तिबाट आर्थिक सहयोग वा अनुदानको रकम लिनुपर्दा नेपाल सरकार, समाज कल्याण
परिषद्को पूर्व स्वीकृति लिइनेछ ।
२०. खाता
संचालन :
क.
नेपाल राष्ट्र
बैंकबाट मान्यता प्राप्त बैंकमा संस्थाको एक छुट्टै अध्यक्ष र कोषाध्यक्षको
(अनिवार्य) संयुक्त दस्तखतबाटसंयुक्त बैंक खाताखोली संचालन गरिनुको साथै परिवर्तन पनि गर्न सकिनेछ ।
ख.
प्रचलित ऐन नियम
अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने तथा संस्थाको आर्थिक कारोबार
बैंकिङ्ग प्रणाली मार्फत गरिने छ ।
२१. कोषको
रकम खर्च गर्ने तरिका :
संस्थाको
कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिमको तरिका अपनाई खर्च गरिने छ :
क.
संस्थाको वार्षिक
वजेट योजना र कार्यक्रम स्वीकृति नगरी कोषवाट खर्च गर्न सकिने छैन ।
ख.
साधारण सभावाट
पारित वजेट र कार्यक्रमको अधिनमा रही कोषवाट रकम खर्च गर्न सकिनेछ ।
ग.
कोषवाट खर्च भएको
रकमको आर्थिक प्रतिवेदन साधारण सभामा अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।
घ.
कोषको रकम खर्च
गर्दा तोकिएको बमोजिम खर्च गर्नुपर्नेछ ।
२२. संस्थाको
लेखा र लेखा परीक्षण :
१.
संस्थाको आय-व्ययको
लेखा प्रचलित कानून बमोजिम स्पष्ट तवरले राखिनेछ ।
२.
संस्थाको लेखा
परीक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परीक्षकवाट गराईनेछ ।
३.
नेपाल सरकार वा
स्थानीय अधिकारीले चाहेमा जुनसुकै वखत पनि संस्थाको हिसाब किताब जाँच गर्न गराउन
सक्नेछ ।
४.
लेखा परीक्षकको
नियुक्ति वार्षिक साधारण सभावाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखा
परिक्षकको नियुक्ति कार्यसमितिवाट हुनेछ ।
५.
संस्थाको लेखा परीक्षण
प्रतिवेदन र वार्षिक कार्य प्रगति विवरण १/१ प्रति स्थानीय अधिकारी, स्थानीय तह,
समाज कल्याण परिषद र सम्बन्धित निकायहरुमा पेश गरिनेछ ।
परिच्छेद- ७
निर्वाचन,अविश्वासकोप्रस्ताव र विधान संशोधन
सम्वन्धी व्यवस्था
२३. निर्वाचन
सम्वन्धी व्यवस्था :
१.
कार्यसमितिले
निर्वाचन प्रयोजनको लागि वढीमा ३ जनाको एउटा निर्वाचन समिति गठन गर्नेछ ।
२.
निर्वाचन समितिले
प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन कार्यविधि अफै व्यवस्थित गर्नेछ ।
३.
निर्वाचन सम्वन्धी
विवाद उत्पन्न भएमा निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।
४.
निर्वाचन सम्पन्न
भएको भोलिपल्ट निर्वाचन समितिको स्वत : विघटन हुनेछ ।
२४. उम्मेद्वार
हुने योग्यता :
कार्यसमितिको
उम्मेद्वार हुन देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछ ।
क.
विधानको दफा ७ को
योग्यता पुगेको ।
ख.
संस्थाको सदस्य भई
नवीकरण गराएको ।
ग.
संस्थालाई तिर्नुपर्ने
दायित्व पूरा गरेको ।
२५. अविश्वासको
प्रस्ताव :
१.
अविश्वासको
प्रस्ताव लिखित रुपमा कुन कुन पदाधिकारीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय
बमोजिमको रित पुर्याई संस्थामा दर्ता गर्नु पर्नेछ ।
क.
नेपाली भाषामा
शिष्ट शब्दको प्रयोग गरी लेखिएको हुनु पर्छ ।
ख.
प्रस्तावको विषय
स्पष्ट र व्यवहारिक हुनु पर्छ ।
ग.
साधारण सभा
सदस्यहरु मध्ये कम्तीमा १/४ (एक चौथाई) प्रष्ट नाम थर र ठेगाना सहित खुलाई सही
भएको हुनु पर्छ ।
२.
उप-दफा (१) बमोजिम
संस्थामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारण सभा वा
विशेष साधारण सभा वस्ने स्थान, मिति, समय समेत तोकी संस्थाको साधारण सभाको
सम्पूर्ण सदस्यहरुलाई विधानको दफा ११ (४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा
वस्ने सूचना दिईनेछ ।
३.
अविश्वासको
प्रस्ताव माथि छलफलको प्रक्रिया :
क.
साधारण सभामा
अध्यक्षता गर्ने व्यक्तिले साधारण सभामा उपदफा (१) बमोजिमको प्रस्ताव पेश गर्न
अनुमति दिनेछ र प्रस्ताव पेश गर्ने सदस्यहरुमध्ये १ (एक) जनाले अविश्वासको प्रस्ताव
ल्याउनु पर्ने कारण सहित आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।
ख.
उप-दफा ३ (क)
बमोजिम अविश्वासको प्रस्तावको पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछी सो
प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढीमाअन्य ३ (तिन) जना सदस्यहरुलाई अध्यक्षले
अभिमत प्रकट गर्न अनुमति दिन सक्नेछ ।
ग.
उप-दफा (१) बमोजिम
अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो, अध्यक्षता
गर्ने व्यक्तिले ती पदाधिकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाको लागि आफ्नो भनाई
राख्न अनुमति दिईनेछ ।
४.
अविश्वासको
प्रस्ताव माथि निर्णय :
१.
अविश्वासको
प्रस्ताव उपर अफ्नो अभिमत प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने
व्यक्तीले सो अविश्वासको प्रस्तावको बहुमत पक्ष वा विपक्षमा छ भन्ने निर्णयको लागि
देहाय बमोजिमको कुनै एक तरिका अपनाई अविश्वासको प्रस्तावको पक्षमा मत प्रकट गर्ने
एक तरिका अपनाई अविश्वासको प्रस्तावको निर्णय घोषणा गर्नेछ ।
क.
अविश्वासको
प्रस्तावको पक्षमा मत प्रकट गर्ने एक समुहमा र विपक्षमा मत प्रकट गर्ने अर्को समूह
छुट्याएर वा
ख.
साधारण सभाका
सदस्यहरुलाई अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा गोप्य मतदान गराएर ।
२.
साधारण सभाको कुल
सदस्यको २/३ (दुई तिहाई बहुमतले अविश्वासको प्रस्ताव पारित हुनेछ । त्यस्तो
प्रस्ताव पारित भएमा प्रस्तावित पक्षका व्यक्तिहरु पदमुक्त हुनेछन् ।
३.
निर्वाचन भएको ६
महिना नपुगी वा प्रस्ताव विफल भएको ६ महिना नपुगी त्यस्तो व्यक्ति उपर पुन:
प्रस्ताव ल्याउन पाउने छैन ।
२६. विधान
संशोधन:
कुल
सदस्य संख्याको २/३ (दुई तिहाई) सदस्यहरुले अनुमोदन गरे पश्चात मात्र संस्थाको
कुनै दफा संशोधन वा खारेजको लागि स्थानिय अधिकारी समक्ष तीन महले व्यहोरा सहित
सिफारिस गरी पठाउनुपर्नेछ । स्थानीय अधिकारीबाट स्वीकृत भए पश्चात मात्र संस्थाको
कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ ।
२७. नियम
तथा विनियम बनाउन सक्ने :
१.
संस्थाले अफ्नो
कार्य सम्पादन गर्ने सन्दर्भमा आवश्यक नियम बनाउन सक्नेछ र सो नियम साधारण सभाबाट
पारित गराई लागु हुनेछ र स्थानीय अधिकारीलाई सो को जानकारी दिनु पर्नेछ ।
२.
यो विधान र विधान
अन्तर्गत बनेको नियमको अधिनमा रही संस्थाको कार्य संचालन र उद्देश्य कार्यान्वयनका
लागि कार्य समितिले कर्मचारी व्यवस्था र आर्थिक प्रशासन सम्वन्धी विनियम बनाई लागु
गर्न सक्नेछ । त्यस्तो विनियमहरु साधारण सभावाट अनुमोदन गराउनु पर्नेछ ।
२८. कर्मचारीको
व्यवस्था :
क.
संस्थाको दैनिक
कार्य संचालन र योजना तथा कार्यक्रम संचालनको लागि कर्मचारी दरबन्दी सिर्जना,
पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीको सेवा शर्तहरु अपनाउनु पर्ने
कार्यविधि तोकिए बमोजिम हुनेछ ।
ख.
संस्थाले विदेशी
सहयोग प्राप्त गरी संस्थाको संचालन एंव कार्यान्वयन गर्न विदेशी सल्लाहकार वा
स्वयंसेवक राख्ने अवस्था भएमा निजले काम गर्ने अवधि, पुर्याउने सेवा, कामको
औचित्य, सुविधा र तिनको योग्यता समेतको विवरण स्थानीय अधिकारी, सम्बन्धित स्थानीय
तह र समाज कल्याण परिषद् समेत जानकारी गराईने छ ।
२९. संस्था
खारेजी :
१.
साधारण सभाले
अवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेजी गर्न सक्नेछ ।
२.
उपदफा (१) बमोजिम
संस्थाको खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा
एक भन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाब किताब गर्नको लागि एक वा एकभन्दा बढी
लेखा परीक्षक नियुक्त गर्न सक्नेछ ।
३.
उपदफा (२) बमोजिमम
नियुक्त लिक्वीडेटर र लेखा परीक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बोजिम
हुनेछ ।
४.
संस्था दर्ता ऐन
तथा नियमावली र अन्य प्रचलित नेपालको कानुनको वर्खिलाप हुने गरी कुनै पनि
क्रियाकलाप गरेको, बन्द हडताल जुलुस प्रदशर्न तथा सार्वजनिक सम्पति माथि क्षति
पुर्याउने वा हानी नोक्सानी पुर्याउने लगायतका कुनै पनि अराजक गतिविधिमा संलग्न
भएको, कार्टेलिङ्ग र कालोवजारी जस्ता गैर कानूनी कृयाकलाप गरेको वा गर्ने उधोग
गरेको वा त्यस्तो कार्य गर्न अन्य कसैलाई प्रोत्साहन गरेको ठहरेमा संस्था दर्ता
गर्ने अधिकारीले जुनसुकै बखत यो संस्था खार्ज गर्न सक्नेछ ।
५.
यसरी कारणवश संस्था
विघटन भई खारेज भएमा संस्थाको दायित्व फरफारक गरी बाँकी रहने सम्पूर्ण जायजेथा
नेपाल सरकारको हुनेछ ।
३०. व्याख्या
:
यो
विधान र विधान अन्तर्गत वनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्यसमितिलाई
हुनेछ ।
३१. गोप्यता
भङ्ग गर्न नहुने :
यस
संस्थाको कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कर्य गर्नु हुँदैन ।
कार्यसमितिका पदाधिकारी वा साधारण सभाका सदस्यले बैठकमा वा साधारण सभामा असभ्य र
अश्लिल शब्द प्रयोग गर्न पाईने छैन ।
३२. ऐन
अनुसार हुने :
यस
विधानमा उल्लेख नभएका कुराहरु प्रचलित कानून बमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम
र प्रचलित कानूनसँग बाझिन गएमा बाझीएको हदसम्म स्वत: निष्कृय हुनेछन् ।
३३. निर्देशनको
पालना :
नेपाल
सरकार वा स्थानिय अधिकारीले समय-समयमा दिएको निर्देशन पालना गर्नु संस्थाको
कर्तव्य हुनेछ ।
३४. तदर्थ
समिति :
१.
यो संस्था स्थापना
गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ (छ) महिना भित्र साधारण सभा बोलाई
विधान अनुसारको निर्वाचन समितिको गठन गरी नयाँ कार्य समितिको निर्वाचन गराउनेछ र
सोको जानकारी स्थानिय अधिकारीलाई दिइनेछ ।
२.
प्रथम पटक निर्वाचन
सम्पन्न नभएसम्मको अवधिमा कार्य समितिले गरेका काम कारवाहीहरु यसै विधान अनुसार
भएको मानिनेछ ।
३.
तदर्थ समितका
पदाधिकारी तथा सदस्यहरुको विवरण अनुसूची १ बमोजिम रहनेछ ।
३५. हामी "मन्दिर/मठको नाम" का अनुसूची १
बमोजिमकातदर्थ समितिका पदाधिकारी तथा सदस्यहरु हामी एकै परिवारको सदस्य नभएको र
अन्य कुनै गैर सरकारी संस्थाको कार्य समितिको सदस्य नभएको भनी प्रतिव्द्धताका साथ यस
विधान बमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षी तथा सल्लाहकारहरुको रोहबरमा
विधानमा सहि छाप गर्दछौं ।
साक्षि तथा
सल्लाहकारहरु
१.
पुनिलाल साह तेली- बहुदरमाई .न.पा.-०, ८, रामनगरी पर्सा-
२.
हरिन्द्र
गिरी-बहुदरमाई .न.पा.-०, ८, रामनगरी पर्सा-
३.
नथुनी पडित कुम्हार-बहुदरमाई
.न.पा.-०, ८, रामनगरी पर्सा-
४.
बालकिशुन
राउत-बहुदरमाई .न.पा.-०, ८, रामनगरी पर्सा-
५.
महन सहनी
मलाह-बहुदरमाई .न.पा.-०, ८, रामनगरी पर्सा-
अनुसूची-१
तदर्थ
समितिका पदाधिकारी तथा सदस्यहरुको नियमावली र प्रतिवद्धता
No comments:
Post a Comment