साकारात्मक विभेद
· राज्यबाट
बञ्चितिमा परेका वा पारिएका वा सो कारणले आर्थिक, सामाजिक, राजनीतिक आदि बिभिन्न आधारमा कमजोर वर्गको रुपमा रहेका वर्गलाई
राज्यको नीति निर्माण, बिकास, राजनीति आदि बिभिन्न
स्थानमा समान पहुँचको अवसरलाई सुनिश्चित गर्न उनिहरुको पक्षमा राज्यले लिने खास
नीतिलाई साकारात्मक बिभेद भनिन्छ ।
· साकारात्मक
बिभेद कुनै खास समयसम्मको लागी असमानहरुलाई समान बनाउने प्रयोजनका लागी कमजोर वर्ग
विशेषलाई दिइने एक अस्थायी प्रकृतिको प्रथमिकता वा छुट हो,
· साकारात्मक
बिभेदलाई Protective
Discrimination, Affirmative Discrimination, Reverse Discrimination, and
compensatory Action
को नामले पनि चिनिन्छ ।
आरक्षण
· राज्य
संरचनाका महत्वपूर्ण जिम्मेवारीहरु तथा रोजगारीका अवसरहरुमा, समाजका कमजोर वर्गको रुपमा रहेका वर्गलाई वास्तविक रुपमा
सहभागी हुने अवसरको वतावरण सिर्जना गर्न गरिने विशेष संरक्षणको कार्यलाई आरक्षण
भनिन्छ ।
·
आरक्षण
साकारात्मक बिभेदलाई कार्यान्वयन गर्ने महत्वपूर्ण संयन्त्र हो ।
·
आरक्षण
सम्बन्धि प्रचलनमा रहेका केही सिद्धान्तहरु
१.
यो
ब्यवस्था अल्पकालीन ब्यवस्था हो,
२. आरक्षण
सम्बन्धि ब्यवस्थाको कार्यान्वयन ऐनबाट गरिनुपर्छ, केवल नियम र
कार्यकारी नीतिका आधारमा गरिनु हुँदैन,
३.
सामान्यता
आरक्षणको सुबिधालाई एकपटक मात्र प्रदान गर्नुपर्छ,
४.
आरक्षणलाई
प्रयोजनपरक र वस्तुपरक बनाउन तथ्याङ्क र सूचनाको अधावधिक ब्यवस्था जरुरी मानिन्छ ।
साकारात्मक बिभेद र
आरक्षण
·
साकारात्मक
बिभेद बिस्तरित हुन्छ र यो बृहत अवधारण हो, तर आरक्षण साकारात्मक
बिभेदको एक स्वरुप वा तत्व मात्र हो,
· साकारात्मक
बिभेदले लक्षित वर्ग वा समुदायका लागी बिशेष कार्यक्रमको तर्जुमा र कार्यान्वयनमा
जोड दिएको हुन्छ । अर्थात यसले बिशेष संरक्षणमार्फत सक्षमता अभिबृद्धि गर्ने
लक्ष्य राखेको हुन्छ । तर आरक्षणले लक्षित वर्गको प्रतिनिधित्व सुनिश्चित गराउन
कोटा छुट्याउने कुरामा ध्यान दिन्छ ।
· साकारात्मक
बिभेदले सशक्तिकरण र बिकासमा जोड दिन्छ र लक्षित वर्ग वा समूहलाई प्रतिस्पर्धातमक
तहसम्म पुर्याउने प्रयास गर्दछ । आरक्षणले वर्तमान
प्रतिस्पर्धालाई सरल बनाई पहुँच र प्रतिनिधित्वमा सुनिश्चितता प्रदान गर्न चाहन्छ
।
· साकारात्मक
बिभेद गुणात्मक समाबेशीकरणमा आधारित छ भने आरक्षणले संख्यात्मक समाबेशीकरणलाई आधार
मान्दछ,
· सकारात्मक
विभेदले क्षमता अभिबृद्धि गर्न चाहन्छ भने आरक्षणले निश्चित जात वा वर्गका लागि
पदसङ्ख्या छुट्याउने कुरामा सम्बन्ध राख्छ ।